असार १०, २०८२ मंगलबार

इञ्जाले स्वर्गीय पत्रकार बानियाँको परिवारलाई १ लाख रुपैंयाँ सहयोग गर्ने

बिर्तामोड । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा उहाँको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको बताएको छ ।

स्वर्गीय पत्रकार बानिंयाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ । पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले स्वर्गीय पत्रकार बानियांँको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनी तत्कालै आफ्नो आपतकालिन कोषबाट १ लाख रुपंैयाँ दिने निर्णय गरेको छ । यस संकटको क्षणमा स्वर्गीय बानियाँको परिवारलाई सहयोग गर्न पनि इञ्जाले नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]