बैशाख २५, २०८२ बिहीबार

लियोनसंग स्तब्ध हुँदै सिटी च्याम्पियन्स लिग बाहिर

एजेन्सी । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको २४ औं मिनेटमा म्यासवेल कोर्नेटको गोलमा लियोनले सुरुवाती अग्रता बनाएको थियो । केभिन डी ब्रुईनले ६९ औ मिनेटमा सिटीका लागि बराबरी गोल फर्काए । डिबक्स भित्र रहिम स्टर्लिङले उपलब्ध गराएको पासमा ब्रुईनीले दाँया भाग च्याप्दै गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेम्बेलेले लियोनलाई जित दिलाउने काम गरे । सेल्टिकका पूर्व फरवार्ड डेम्बेले खेल सकिन ११ मिनेट अघि लियोनलाई २–१ ले अघि बढाए ।

सिटीले बराबरी गोलका लागि निकै प्रयास गरेको थियो । ग्याब्रियल जिससको क्रसमा अनमार्क रहेको स्टर्लिङले बललाई पोस्टको दिशा दिन सकेनन् ।

स्टर्लिङको सोही गल्तीले सिटीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन पर्याप्त बन्यो। खेल सकिन तीन मिनेट अघि डेम्बेलेले ब्यक्तिगत दोस्रो गोल गर्दै लियोनको जित सुनिश्चित गरे । लियोनले अब सेमिफाईनलमा जमर्न क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]