असार ११, २०८२ बुधबार

पेट्रोलियम पदार्थको भाउ बढ्यो

बिर्तामोड। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए ।

नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ ।

प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]