बैशाख २९, २०८२ सोमबार

सुनसरीमा भदौ ७ गतेसम्म निषेधाज्ञा

धरान । सुनसरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएपछि भिदौ ७ गतेसम्म जिल्ला भर निषेधाज्ञा घोषणा गरिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्ला कोभिड १९ क्राइसिस म्यानेजमेन सेन्टरको बैठकले भदौ ७ गतेसम्म सुनसरीका १२ वटै स्थानीय निकायलाई निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए।

सुनसरीका धरान, इटहरी, दुहबी, इनरुवा लगायतका स्थानमा कोरोना संक्रमितको संख्या वृद्धि भएको भन्दै भदौ ७ गतेसम्म अत्यावश्यकबाहेक सर्वसाधारणलाई हिंडडुल गर्न, यातायातका साधन संचालन गर्न, हाटबजार तथा पसल खोल्न प्रतिबन्ध गरिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले विद्युतीय सेवा मात्र संचालन गर्ने र अन्य सेवा दिनु परेका खण्डमा कार्यालय प्रमुखले कम कर्मचारी खटाएर सेवा प्रवाह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकरी पोखरेलले बताए।

डिस्ट्रिक कोभिड १९ क्रााइसिस म्यानेजमेन्ट सेन्टरले तोकेको सर्त उल्घंन गरिए संक्रमण ऐन २०२० अनुसार कडा कारवाही गर्ने पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले चेतावनी दिएका छन्। सुनसरीमा आइतबारसम्म संक्रमितको संख्या ३ सय पुगेको छ। जसमध्ये एकसय ४० जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]