बैशाख २५, २०८२ बिहीबार

इन्टर मिलान युरोपा लिगको फाइनलमा

एजेन्सी । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुईरदुई गोल गरे । एक गोल डानिलोले गरे ।

खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए ।

तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उसले उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।

प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]