बैशाख २५, २०८२ बिहीबार

नयाँ प्रशिक्षकसंग मेस्सीको भेट

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानलाई भेटेर आफु क्लबमा रहने बिषय अनिश्चित रहेको बताएका छन् ।

प्रि–सिजन अघिको छुट्टीलाई छोट्याउँदै बिहिबार बार्सिलोना पुगेका मेस्सीले क्लबका नयाँ प्रशिक्षकसंग पहिलो पटक कुराकानी गरेका हुन् । स्पेनिस मिडियाका अनुसार मेस्सीले क्लबका अध्यक्ष जोसफ बार्टोमेउप्रति कुनै भरोसा नभएको बताउँदै विकल्पको खोजी गरिरहेको बताए ।

क्याटलान रेडियो आरएसी वानका अनुसार मेस्सीले कोम्यानसामु अध्यक्ष बर्टोमेउले आफुलाई क्लबभन्दा माथि राखेको गुनासो गरेका थिए ।

मेस्सीको बहिर्गमनमा म्यान्चेष्टर सिटी तयारी अवस्थामा छ । पेप ग्वार्डीओलाले सधै मेस्सीले बार्सिलोनामै करियर अन्त्य गर्ने बताउँदै आएका थिए । तर खेलाडी बाहिर निस्कन चाहेको अवस्थामा राम्रो प्रस्ताव ३३ बर्षिया खेलाडीका अगाडी राखिने बताएको गरेका छन् ।

बार्सिलोनाप्रति असन्तुष्ट रहेका मेस्सीलाई अनुबन्धन गर्न क्लबहरुले ठुलो रकम खर्च गर्नुपर्नेछ ।

बार्सिलोनासंग मेस्सीको सम्झौता सकिन मात्र एक बर्षमात्र बाँकी छ । तर क्लबले उनीमाथि ६ सय ३० मिलियन पाउण्डको रिलिज क्लज राखेको छ । उनी बार्सिलोनाका खेलाडी हुन् । उनीसंग अझै एक बर्ष बाँकी छ । मलाई थाहा छैन, मैले उनलाई सहमत गराउनेछु ।ु कोम्यानले मुख्य प्रशिक्षकको रुपमा बार्सिलोना आएपछि भनेका थिए ।

डच प्रशिक्षकले स्पष्ट रुपमा भनेका छन्, उनी त्यस्ता खेलाडी चाहन्छन्, जो क्लबमा रहन चाहन्छन् ।

बर्टोमेउ अर्को सिजन क्लबको अध्यक्षमा उम्मेदवारी दिन चाहन्छन् । उनले समेत लियोनल मेस्सीले बार्सिलोनाबाटै खेल जिवन समाप्त गर्ने बताउँछन् । बर्टोमेउ समेत क्लबका सर्वकालिन महान खेलाडी मेस्सी करियरको अन्तिम समयमा अन्य क्लबमा गएको हेर्न चाहदैनन् ।

प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]