बैशाख २९, २०८२ सोमबार

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, झापामा संक्रमितको संख्या पाँच सय नजिक

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ भने झापाको संक्रमित संख्या ४८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रवारसम्म झापामा संक्रमितको संख्या ४७५ पुगेको थियो । त्यसमध्ये ३८४ जना उपचारपछि घर फर्किएका छन् । ९१ जना अझै उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]