एक केजी गाँजासहित मिया पक्राउ
बिर्तामोड । भारतबाट ल्ुकाई छिपाई एक केजी लागुऔषध गाँजा नेपाल भित्राउने कचनकवल–५ का ४० वर्षीय इभनि मिया पक्राउ परेका छन् । उनलाई फुलवारी स्कुल नजिकैबाट इलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीको टोलीले पक्राउ गरेको हो ।

मियालाई आज साँझ ५ बजे पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ परेका मियालाई तत्कालै नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।