असार १२, २०८२ बिहीबार

कोरोना संक्रमणबाट धरानमा थप एक जनाको मृत्यु

धरान – कोरोना संक्रमणबाट धरानमा एक जना पुरुषको मृत्यु भएको छ । धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित साउन २७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यसअघि धरान तीनकुनेस्थित प्रिती भल्व उद्योगमा कार्यरत संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकामध्ये मृतक पनि एक हुन् । कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मृतक पुरुषमा पनि कोरोना पुष्टि भएको मेहताले बताए ।

प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार  २ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]