बैशाख २९, २०८२ सोमबार

झापाका १७ सहित थप ६३४ जनामा कोरोना पुष्टि

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। झापामा १७ जना नयाँ संक्रमीत थपिएका छन् ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ३५० उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ११ जना संक्रिमतको मृत्यु भएको हो।

प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]