असार १२, २०८२ बिहीबार

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर। विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । भदौ ४ मा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

विराटनगर–९ र १० मा दुई–दुई जनाको मृत्यु भएको छ । वडा नम्बर–१० का मृतकमध्ये एक जनाको स्थायी ठेगाना कटहरी गाउँपालिका हो । यस्तै विराटनगर महानगरपालिकाका २, ३, ५, ६ र १५ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]