बैशाख २९, २०८२ सोमबार

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने दर घट्दै

काठमाडौं- नेपाल कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ ।

विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशत कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर ९.८ प्रतिशतले कम रहेको छ । तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर पनि कम देखिएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पनि सवै तथ्यांक सङ्कलन गर्न नसकेकाले निको हुने दरको सङ्ख्यामा कमि देखिएको बताउनुभयो ।

एक महिना पहिला गत साउन ७ गते सङ्क्रमणमुक्त भएर जाने ७०.१ प्रतिशत थियो । तर पछिल्लो एक महिनाको अवधिमा निको हुने दर ११.२ प्रतिशतले कमि आएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]