बैशाख २६, २०८२ शुक्रबार

बार्सिलोना छाड्न चाहन्छु : मेस्सी

एजेन्सी । लियोनल मेस्सीले पुन बार्सिलोना छाड्न चाहेको कुरा दोहो¥याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलाेनाका पदाधिकारीसंग भेट गरि आफु क्लब छाड्न ईच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त गरिदिन अनुरोध गरेका छन् ।

अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए ।

बार्सिलोनासंग ३३ बर्षिया फरवार्डको सम्झौता मात्र एक बर्ष बाँकी छ । तर मेस्सीले एक बर्ष बाँकी छँदै क्लब छाड्न चाहेको प्रष्ट पारेका छन् ।

मेस्सीको पछिल्लो अवस्थाबारे म्यान्चेष्टर सिटीले अनुगमन गरिरहेको छ । सिरि ए क्लब ईन्टर मिलान र फ्रान्सेली क्लब पीएसजी समेत मेस्सी अनुबन्धनमा निकै ईच्छुक छ ।

क्विक सेटिनलाई बर्खास्त गरे लगत्तै बार्सिलोनाको प्रशिक्षक बनेको कोम्यानलाई मेस्सीले भोलिपल्टै गएर भेटेका थिए ।

मेस्सीले पुन आफ्नो क्लब छाड्ने योजना रहेको सुनाउँदै नयाँ चुनौतीको खोजी गरिरहेको बताएका थिए ।

मेस्सीले पुन बार्सिलोनाका नयाँ प्रशिक्षक र पदाधिकारीसंग भेटेर क्लब छाड्न चाहेको दोहो¥याएका हुन् । उनले आफुलाई बार्सिलोनाको योजनाबाट बाहिर राख्न प्रशिक्षकलाई सुझाव दिएका छन् ।

मेस्सीले क्लबका पदाधिकारीलाई भेटेर आफ्नो २० बर्षको बार्सिलाेनाकाे करियरलाई अन्त्य गर्ने चाहना राखेका हुन् ।

मेस्सीलाई अनुबन्धन गर्न युरोपका ठुलो क्लबले ईच्छा देखाएका छन् । तर उनीमाथि क्लबले राखेको रिलिज क्लजले अर्जेन्टिनी फरवार्डलाई यस समर ट्रान्सफरमा बार्सिलोना छाड्न समस्या पर्न सक्ने आँकलन गरिएको छ ।

नयाँ प्रशिक्षक कोम्यानले समेत आफ्नो नयाँ योजनाका बिषयमा मेस्सीलाई सहमत गराउन असफल रहे । बार्सिलोनका अध्यक्ष जोसेप मारिया बर्टोमेउले यसअघि मेस्सीले आफ्नो खेल करियर क्याटलान क्लबमै अन्त्य गर्ने बताएका थिए ।

बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुन निर्वाचन लड्दैछन् । उनी पुन अध्यक्षमा चुनिन चाहन्छन् । मेस्सीको बहिर्गमनले उनको नेतृत्वलाई अफठ्यारो पर्न सक्ने अनुमान गरिएको छ । मेस्सी बार्सिलोना छाडेको खण्डमा केही थोरै क्लबले मात्र उनलाई तलब दिन सक्नेछन् । जसमा ईन्टर, पीएसजी र म्यान्चेष्टर सिटीले मेस्सी अनुबन्धनमा निकै जोड गरिरहेका छन् । अमेरिकन मेजर लिग सकर वा चाईनिज सुपर लिग समेत मेस्सीको नयाँ गन्तव्य बन्न सक्ने लख काटिएको छ ।

प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]