बैशाख २९, २०८२ सोमबार

झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवण तिमिल्सिना

बिर्तामोड । कोरोना महामारीका बेला गृह मन्त्रालयले झापा, काभ्रेपलाञ्चोक र सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई ल्याइएको छ । गृह मन्त्रालयका हेमराज तामाङलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदय रानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । झापामा प्रमुख जिल्ला अधिकारी पद खाली रहेको थियो । झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पर्छ । झापामा शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठेका बेला नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७७ शनिबार  ३ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]