बैशाख २९, २०८२ सोमबार

सात लाख मूल्य बराबरको अवैध औषधि बरामद

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए । यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब रु २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो ।

प्रकाशित मिति : भाद्र १६, २०७७ मंगलबार  १ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]