बिर्तामोडको रत्न र प्रसाई मार्केटका व्यवसायीको रिपोट भोली
बिर्तामोड । झापाको बिर्तामोड –५ स्थित रत्न सुपर मार्केट र प्रसाई मार्केट शिल गरेको एक हप्ता पुरा भएको छ । सोहि मार्केटमा व्यवसाय गरेर बस्ने व्यवसायीलाई कोरोना देखिएपछि मार्केट शिल गरिएको थियो । समुदायस्तरमै कोरोना देखिएपछि मास टेस्टिङका लागि मार्केट बन्द गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

दुई मार्केटबाट बिर्तामोड नगरको स्वास्थ्य शाखाले २ सयको स्वाब संकलन गरेर परीक्षणको लागि पठाएको थियो । स्वाब पठाएको एक हप्ता पुरा भएपनि रिपोट नआएपछि मार्केट खोल्न हतारिएका व्यापारी अन्यौलमा परेका छन् । उनीहरुलाई रिपोट नआएसम्म होम आइसोलेशनमा बस्न भनिएको थियो । उनीहरुको रिपोट आज १६ गते आउने भनिएको थियो । तर, आज रिपोट नआउने बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । उनका अनुसार उनीहरुको रिपोट भोली मात्रै आउने भएको छ । बिर्तामोडबाट दुई मार्केटको २ सय र अटो चालकहरुको ८ सय स्वाब परीक्षणको लागि पठाइएको छ ।