झापाका १२ सहित थप १२२८ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापाका १२ सहित पछिल्लो २४ घण्टामा देशभर १२२८ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । झापा बिर्तामोडमा ५ , कमल ६ र अर्जुनधारामा १ जनामा कोरोना पुष्टि भएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन् ।