बैशाख ३०, २०८२ मंगलबार

झापाका २२ जनासहित १३५९ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका २२ जनासहित पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

मेचीनगर नगरपालिकाका ४ जना पुरुष, गौरीगञ्ज गाउँपालिकाका १ जना पुरुष, दमक नगरपालिकाका ३ जना महिला र २ जना पुरुष, कनकाई नगरपालिकाका २ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

भद्रपुर नगरपालिकामा कार्यरत २ जना महिला प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ।

उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ४ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]