बैशाख २७, २०८२ शनिबार

अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाद्वारा पदबाट राजीनामा

काठमाडौँ, भदौ १९ गते । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । याे जानकारी प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएकाे हाे । अर्थ मन्त्रालयमा औपचारिक बिदाइपछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर  बिदाइ लिनुभयो ।

त्यसपछि प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएकाे थियाे ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताएपछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो । उहाँकाे राष्ट्रियसभा सदस्य पद छ महिनाअघि नै समाप्त भएकाे थियाे । 

प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]