बिर्तामोडको बजेट सार्वजनिक, खतिवडाको विदाई
बिर्तामोड । बिर्तामोड नगर पालिकाको आब ०७७/०७८ को बार्सिक निती तथा कार्यक्रम र बजेट सार्बजनिक गरिएको छ । नगर प्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रदेस सांसद् एकराज कार्की रहेका थिए ।

चालू आबका लागि १ अर्ब १५ करोडको बजेट उप प्रमुख पबित्रा महताराले पाचौं नगर सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्य क्रम छलफल पश्चात् पारित गरिएको हो । निती तथा कार्यक्रम सार्बजनिक समारोहमा प्रमुख अतिथि सांसद् कार्की, नगर प्रमुख शिबाकोटी, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौलाले मन्तब्य प्रकट गरेका थिए ।
अधिकृतको बिदाइ
अढाइ बर्स अघिदेखि बिर्तामोडमा कार्यरत प्रमुख प्रसासकिय अधिकृत पशुपति खतिबडाको अनिवार्य अवकास पछि बिदाइ गरिएको छ । नगरले एक अलग्गै कार्यक्रमको आयोजना गरेर खतिबडाको बिदाइ गरिएको नगर पालिकाका सूचना अधिकारी जय तिम्सिनाले बताए ।