बैशाख ३०, २०८२ मंगलबार

नेकपाका दुई अध्यक्षबीच छलफल, २६ गते स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज विहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने दुई अध्यक्षबीच छलफल भएको जानकारी दिनुभयो ।

कार्यदलले गत ६ गते प्रतिवेदन बुझाए पछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरुले गर्नुभएको छ । गत विहिबार १८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जनको माग गर्नुभएको थियो । स्थायी कमिटी बैठकमा छलफल भएपछि त्यसमा परिमार्जनसहित पारित हुनसक्ने नेताहरुको भनाई छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीचको बैठक विहान ११ बजेसम्म चलेको थियो । यसअघि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन र त्यसको कार्यान्वयनमा केन्द्रित भएर छलफल भएको बालुवाटार स्रोतले बताएको छ । 

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  ११ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]