बैशाख ३०, २०८२ मंगलबार

श्रम गन्तव्यमा लकडाउन खुलेसँगै कामदारको माग आउन थाल्यो

काठमाडौ । नेपालीको रोजगारीको गन्तव्य मुलुकहरूमा लकडाउनका कारण बन्द भएका उद्योग, व्यवसाय सुचारु भए संगै नेपाली कामदारको माग आउन थालेको व्यवसायीहरुले बताउन थालेका छन् ।रोजगारीको गन्तव्य मलेसिया लगायत खाडीका मुलुकबाट नेपाली कामदारको माग आउन थालेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे बताउनुहुन्छ ।

मापदण्ड बनाएर कामदार रोजगारीको लागि विदेश पठाउने वातावरण सरकारले बनाउन जरुरी रहेको अध्यक्ष गैरे बताउनुहुन्छ । लकडाउन भन्दा पहिला भिसा लागेर रोजगारीमा जान रोकिएका कामदारको संख्या एक लाख भन्दा बढी रहेको व्यवसायी गैरे बताउनुहुन्छ ।
यसै गरि एक लाख २८ हजारको हाराहारीमा पूर्वश्रमस्वीकृति ल्याइएको संख्या रहेको उहाँ बताउनुहुन्छ । सरकारले मापदण्ड बनाएर वैदेशिक रोजगारीमा कामदार पढाउन श्रम मन्त्रालय लगायत सरोकारवाला निकाय सँग छलफल गरिरहेको अध्यक्ष गैरे बताउनुहुन्छ ।
सरकारले केहि दिन अघि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरि सकेको छ ।

सरकारले हिजोको जस्तै गरेर आजको अवस्थामा जस्तो पायो त्यस्तो मुलुकमा कामदार पठाउन व्यवसायीलाई दिन नहुने वैदेशिक रोजगारका जानकारको भनाई छ । श्रम मन्त्रालयले एउटा मापदण्ड बनाएर कामदार पठाउने वातारण बनाउन सके देश र कामदारको लागि फाईदा हुने वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउनुहुन्छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको सवै सुरक्षामा ध्यान दिएर उसको सवै कुराको ग्यारेण्टी गरेर कामदार पठाउन रोजगार विज्ञ पण्डितको सुझाव छ ।
कोरियालले नेपाली कामदारको माग गरेको छ तर कामदार कोरिया जान नपाएर आन्दोलन गरेका अवस्था छ । तिनीहरुलाई मापदण्ड बनाएर पठाउन आवश्यक रहेको पण्डित बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई जानुभन्दा अघि विदेशमा पहिलाको जस्तो सजिलो अवस्था छैन् । विभिन्न कुरामा ध्यान दिएर काम गर्नु पर्ने बाध्यता छ भनेर उनीहरलाई परामर्श दिएर पठाउन सकिने उहाँको भनाई छ ।

नेपालमा सवैलाई रोजगारी दिने अवस्था तत्कालको लागि नरहेकोले विदेशमा जान खोज्ने कामदारको लागि वातावरण बनाउन अहिलेको आवश्यकता रहेको रोजगार विज्ञ पण्डित बताउनुुहुन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वका उप–संयोजक राजेन्द्र अर्याल खाडीमा अर्थतन्त्र धराशायी भएको अवस्था रहेको बताउनुहुन्छ । कम्पनीको अवस्थाको अध्ययन नगरी कामदार पठाउन हतार गर्नु दुर्घटना निमत्याउनु भएको उप–संयोजक अर्याल बताउनुहुन्छ ।
विगतमा पनि केही वैदेशिक रोजगार कम्पनीले हचुवाको भरमा कामदार पठाउँदा कतिपय कामदारहरू पीडित बनेको तथ्यहरूले देखाएको अर्यालको भनाई छ ।

कडाइका साथ वैदेशिक रोजगारी ऐन अनुसार जिम्मेवारी बहन गर्न, गराउन आवश्यक रहेको उहाँको भनाई छ । अर्काे यथार्थ, यो महामारीले केही कम्पनीहरू उठ्नै नसकिने गरी थलिने पक्का भएको अर्याल बताउनुहुन्छ । यस्तो अवस्थामा बिना अध्ययन पुनः कामदारहरू पठाउनु वा आउनु भनेको जोखिमपूर्ण हुने उप–संयोजक अर्याल बताउनुहुन्छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल हामीले नीतिगत रुपमा श्रम स्वीकृती दिने एउटा कुरा भए पनि सम्बधित मुलुकको रोजगारदाताले कामदार लैजान्छन् वा लैजानन् उनीहरुको निर्भरताको कुरा भएको बताउनुहुन्छ । सम्बधित देशका आ–आफनै कानुन छन् तत्कालका लागि नेपालले श्रम स्वीकृती दिएको अवस्था रहेको उहाँबताउनुहुन्छ ।
रोजगारदाता मुलुकले नेपाली कामदारको माग गरेर सवै प्रक्रिया पूरा गरेमा कामदार विदेश पठाउन सकिने महानिर्देशक दहाल बताउनुहुन्छ ।

कामदार समस्यामा नपरुन ठगिमा नपरुन भनेर श्रम स्वीकृति दिँदा नो अब्जेक्शनको व्यवस्था गरेको उहाँ बताउनुहुन्छ । श्रम स्वीकृति खुले पनि पहिलाको जस्तो धेरै कामदार जाने स्थिति तत्काल नरहेको महानिर्देशक दहाल बताउनुहुन्छ ।

प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार  १२ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]