थप ११७३ जना कोरोना संक्रमित संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा ३८ हजार ६ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन्। आज मन्त्रालयका अनुसार ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज : – प्रदेश १ –३४४१, प्रदेश २– १०८३१, बाग्मती प्रदेशमा –७३८४, गण्डकी प्रदेशमा –२२१८, प्रदेश ५मा –६४६६, कर्णाली प्रदेशमा –२२८६, सुदूरपश्चिम प्रदेशमा ५८७१