क्रिकेटर भण्डारी दुर्घटनामा परी घाइते
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित भण्डारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनी आइतबार बेलुकी गृहजिल्ला कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

कैलालीको धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्म्बरको ट्रकले क्रिकेटर भण्डारी सवार म २ प ४७०५ नम्बर मोटर साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । भण्डारी र उनीसँगै मोटरसाइकलमा रहेका २४ वर्षीय करन ठगुन्ना गम्भीर घाइते भएका छन् ।
दुबै घाइतेलाई क्लिनिकमा सामान्य उपचारपछि धनगढी लगिएको छ । इलाका प्रहरी कार्यालय झलारीले ट्रक नियन्त्रणमा लिए पनि चालक फरार भएका जनाएको छ ।