स्थापनाको एकसातामै कावेली सिमेन्टमा आगलागी, दुई करोड क्षति
बिर्तामोड । स्थापनाको एक सातामै कावेली सिमेन्ट उधोगमा गएराती आगलागी भएको छ । हल्दिवारी– ३ झापामा सो उधोग एकसाता अघि मात्रै उद्घाटन भएको थियो ।

सिमेन्ट उधोगमको पावर हाउसमा रातको २ बजे तिर आगलागी हुँदा २ करोड भन्दा बढीको नोक्सानी भएको उधोगका प्रवन्ध निर्देशक सुमन मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारणले आगलागी भएको हुनसक्छ । आगो लागेको थाहा पाउन साथ स्थानीय र भद्रपुर तथा बिर्तामोडबाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठुलो नोक्सानी हुनबाट जोगाएका छन् ।
युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा गत सातादेखि उत्पादन शुरु गरेको उद्योगलाई पुन संचालनमा ल्याउन दुई सात बढि लाग्नेछ ।