बिर्तामोड नगरपालिकाको अनुरोध
आदरणीय सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु
अहिले हाम्रो जनजीवनमा कोरोना महामारीले नराम्रो असर पार्ने गरी समस्या बढिरहेको यहाँहरुलाई बिदितै छ । यस बिषम परिस्थितिमा पनि नगरपलिकाको जनशक्ति नगरबासीको स्वास्थ्य लगायत अन्य आवश्यकता पूरा गर्न अहोरात्र खटिइरहेको छ । कोभिड १९ को प्रकोपको न्यूनिकरणका लागि नगरका स्वास्थ्यकर्मी दिनरात नभनी लागिरहेका छन् । जसका कारण बिर्तामोड अरु पािलकाको तुलनामा केही सुरक्षित र कम जोखिममा रहेको छ । नगरले कोरोना प्रभाबितहरुका लागि क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसनका प्रवन्ध गरेको छ ।
यतिबेला मुलुकका मुख्य सहरहरु र ग्रामीण बस्तीहरु पनि यसको प्रकोपबाट सुरक्षित छैनन् । यो प्रकोपबाट मुक्त रहन केवल सरकारी पहल र प्रयत्नबाट मात्र सम्भव छैन । स्थानीय तहहरुले त जनशक्तिको परिचालन गरेर समस्या बढ्न नदिने प्रयत्न गर्ने हो, त्यो गरिरहेकै छन् । तर, जनता जागरुक भएनन् भने केही पनि गर्न सम्भव छैन ।
हामी जो केही पनि यो संक्रमणको जोखिममा छौं भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन । खासगरी बिर्तामोड एउटा ब्याबसायिक क्षेत्र भएका कारण आफ्नो पसल, ब्यबसाय र उद्योग संचालन गर्दा स्वास्थ्य सचेतना अपनाएर गरेमा संक्रमण नबढ्ने र समुदायमा पुगेको रोगलाई नियन्त्रण गर्न सहज हुनेछ । अझ समुदायस्तरमा पुगेको संक्रमणलाई रोकथाम गर्न समुदाय नै बढी चनाखो हुन जरुरी हुन्छ ।
तसर्थ,
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौं
माक्सको अनिबार्य प्रयोग गरौं, हात सफा राखौं
टोल, समाज सफा राखौं, जथाभाबी फोहर मैला नगरौं
नजिकिरहेको चाडबाडमा अनावश्यक भिडभाड नगरौं
आफ्नो परिवार बाहेक अरु धेरै अनावश्यक मानिसहरुको सर संगत नगरौं
गाउँ, टोलमा देखापरेका बिरामीहरुप्रति नराम्रो ब्यबहार नगरौं
कहीँ कतै संक्रमणको जोखिम देखिएमा तत्कालै स्वास्थ्यकर्मीलाई सूचना दिऔं ।
आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।
ध्रुबकुमार शिवाकोटी
नगरप्रमुख
बिर्तामोड नगरपालिका
बिर्तामोड (झापा)