झापाको बैगुन्धुराबाट १५८ बोतल लागुऔषधसहित दुई युवा पक्राउ
बिर्तामोड । प्रहरीले झापाको गौरादह –९ बैगुन्धुराबाट लागुऔषध कारोवार गर्ने दुई जनालाई शनिवार राती पक्राउ गरेको छ ।

ठुलो मात्रामा लागुऔषध सहित गौरादह – ३ का २७ वर्षीय प्रमानन्द राजवंशी र सोहि ठाउँ घर भएका २२ वर्षीय राजेश महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध स्कफ १५८ बोतल बरामत गरिएको छ ।
भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । आजै म्याद थप गरी अनुसन्धान कार्यअघि बढाइने झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पछिल्लो समय गौरादह, गौरीगञ्ज क्षेत्रमा लागुऔषधको प्रयोग बढेपछि अभिभावक चिन्तित बनेका छन् । सो क्षेत्रमा रहेको सुरक्षा निकायले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसक्दा प्रयोग कर्ता बढ्दै गएको अभिभावकको ठहर छ । बैगुन्धुरा सशस्त्र प्रहरी बल र प्रहरी चौकी महाभाराले पहिलो पटक ठुलो परिमाणमा कारोवारी पक्राउ गरेको छ ।