आज १३२५ जना थपिए सगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ। पछिल्लो २४ घन्टामा ९५८४ जनाको पिसिआर परीक्षण भएको छ।