बिर्तामोडको रेख पुलमा भेटियो दुई वर्षीय बालकको शव
बिर्तामोड । बुधबार साँझबाट बेपत्ता बनेका बिर्तामोड–७ का २ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । बुबाआमासँगै माछा मार्ने ठाउँ पुगेका जीवन मर्डि सतारको शव आज विहान मृत अवस्थामा फेला परेको छ ।

स्थानीय रेखा पुलमा माछा मार्न गएका बुबा आमालाई पच्छ्याउँदै गएका बालक राती नै बेपत्ता बनेका थिए । कतै, कसैको घरमा गएको होला भन्दै बसेको परिवारले विहान खोजीको क्रममा शव भेट्टाएको स्थानीयले जानकारी दिए ।
अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । मुचुल्का उठाउने कार्य भइरहेको बुझिएको छ । स्थानीयका अनुसार रेखा पुल अलपत्र अवस्थामा छोडिएको छ । पुलकै कारण त्यहाँ धेरै जोखिम हुने गरेको बताइएको छ ।