रुसले नेपाललाई कोरोनाविरुद्धको खोपका २ करोड ५० लाख डोज उपलब्ध गराउने
काठमाडौं । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड(१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ ।
यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड(१९ खोप ुस्पुतनिक(भीु उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।
सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा ुमानव एडिनोभाइरल भेक्टर प्लेटफर्मुमा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । ूमानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्,ू रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ ।
रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ुस्पुतनिक भीुले शतप्रतिशत सहभागीहरुमा स्थिर ुह्युमरल र सेलुलरु प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेकोसमेत जनाइएको छ ।
११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ुस्पुतनिक भीु खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड(१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ ।
४ सेप्टेम्बरमा, ुस्पुतनिक भीु पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो ।
एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ुस्पुतनिक भीु को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत ( १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ ।
यसअघि रुस राष्ट्रपति भलाद्मिर पुटिनले यो खोप आफ्नो छोरीलाई पनि लगाइसकेको बताएका थिए । भारतीय सञ्चारमाध्यम लाइभमिन्टका अनुसार रुसमा उच्च प्रोफाइल अधिकारीहरू र राजनीतिज्ञहरूले पनि खोप लगाइसकेका छन् ।
तर, अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसले खोप विकासमा क्लिनिकल परीक्षणका मापदण्ड पालना नगरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन ।