बिर्तामोडका चार जनासहित झापामा थपिए १० संक्रमित
झापा । जिल्लामा स्वास्थ्यकर्मी थप दश जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितहरु अर्जुनधाराका दुई पुरुष, बिर्तामोडका दुई महिला दुई पुरुष, गौरादहका एक महिला र कान्काई दुई महिला र एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बिर्तामोडमा संक्रमण पुष्टि भएका एक जना इटहरी ठेगाना भएका सुरक्षाकर्मी रहेको, अर्जुनधारमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब कोशी अस्पतालबाट र गौरादहमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन गरिएको चम्लागाईले जानकारी दिए । आज थपिएका संक्रमितहरु २२ देखी ९० वर्षसम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८८० पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७८९ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ८३ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।