साथीको घाँटी रेटेर हत्या गर्ने लिम्बु पूर्पक्षका लागि जेल चलान
बिर्तामोड । शिवसताक्षी –८ का मनकुमार लिम्बु पूर्पक्षका लागि कारागार चलान भएका छन् । उनले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए ।

आर्थिक कारोवारका कारण हत्या गरेका लिम्बू कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले आज जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरीका झापाले जनाएको छ ।
गत भदौ १७ गते शिवसताक्षीस्थित सताक्षीधाम जाने सडकखण्डको किनारमा शिवसताक्षी –११ बस्ने २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेका थिए ।