जेष्ठ २, २०८२ बिहीबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी)बाट डिजेल र मिट्टतेलको मूल्य घटेर आएकाले मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । घटेकाे मूल्य राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]