जेष्ठ २, २०८२ बिहीबार

झापाका २३ सहित देशभर २७२२ जनालाई कोरोना संक्रमण

झापाका २३ सहित पछिल्लो २४ घण्टामा देशभर २७२२जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ हजार ७३९   जनाको पिसिआर परिक्षणमा २७२२  जनालाई संक्रमण देखिएको जानकारी दिए। 

२४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ। देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]