बैशाख २६, २०८२ शुक्रबार

गाउँगाउँमा केन्द्र बनाएर झापामा नियमित पठनपाठन

झापा । झापाका केहि सामुदायिक विधालयले वैकल्पिक माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कोरोना महामारीका कारण विधार्थीलाई विधालय मै उपस्थित गराउन नसके पनि विभिन्न माध्यमबाट पठनपाठन गरिरहेको पाइएको छ । गत वर्षको चैत महिनाको पहिलो साताबाट बन्द भएका विधालयहरुमा पठनपाठनको चाँजोपाजो मिलाउन थालिएको छ ।

अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका विधालयले पनि अब विधार्थीलाई विधालयमै बोलाएर पठनपाठन गर्न तयारी थालेका छन् ।

दुई चरणमा विधालय सञ्चालन गर्ने
झापाको कनकाई नगरपालिकामा रहेको चम्फापुर माविले आइतवारबाट विधार्थीलाई विधालयमै बोलाएर पठनपाठन गर्ने भएको छ । यसअघिसम्म केहि कक्षाका विधार्थीलाई अनलाईन माध्यमबाट पठनपाठन गर्दै आएको थियो । भोलीदेखि प्रत्येक दिन दुई चरणमा कक्षा सञ्चालन गर्ने तयारी गरेको शिक्षक तिलक गजमेरले जानकारी दिए । उनका अनुसार विहान ७ बजेदेखि साढे ९ बजेसम्म कक्षा १ देखि ५ कक्षाको पठनपाठन सञ्चालन गरिने छ । दोस्रो चरणमा १० बजेदेखि २ बजेसम्म कक्षा ६ देखि १० कक्षासम्मका विधार्थीलाई पढाइने गजमेरले जानकारी दिए । सामाजिक दुरी कायम गरेर कक्षा सञ्चालन गर्न दुई चरणमा विधार्थीलाई सिकाई सहजीकरण गरिने उनको भनाई छ ।

उनले विधार्थीमा बढ्दै गएको नैरश्यता र मानसिक समस्याका कारण पनि विधालय सञ्चालन गर्नुपर्ने देखिएको जानकारी दिए । अहिलेसम्मको शैक्षिक उपलब्धीलाई हासिल गर्न कक्षा सञ्चालन गर्नुको विकल्प नरहेको उनको ठहर छ ।

देवीमा अनलाइनबाटै पठनपाठन
यस्तै, बिर्तामोडमा रहेको देवी माविले धमाधम विधार्थी भर्नाको कामलाई अघि बढाएको छ । वातावरण अनुकुल हुनासाथ कक्षा सञ्चालन गर्ने गरी भर्ना अभियान सञ्चालन गरेको शिक्षक उमेश शाहले जानकारी दिए ।
गत वर्षभन्दा यो वर्ष विधार्थीको चाप बढेकाले कक्षा कोठा व्यवस्थापनमा समेत समस्या भइरहेको शाहले बताएका छन् । उनले विधार्थीको चाप अनुसार विधालयलाई १३ वटा कक्षा कोठा अपुग हुने बताए ।

अहिले कक्षा ९, १० का सबै विधार्थी र ११, १२ मा अध्ययनरत विज्ञानका विधार्थीलाई अनलाईन माध्यमबाट विधालयले कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । देवी माविले जुम एम खरिद गरेर अनलाईनको पहुँचमा हुने सबै विधार्थीलाई नियमित पठनपाठन गर्दै आएको छ । विगत १० दिनदेखि अनलाईन कक्षा सञ्चालन गर्दै आएको देवी माविले विधार्थीको उल्लेख्य सहभागिता रहेको जनाएको छ ।

अनलाईन माध्यमबाट ति कक्षाका विधार्थीलाई विषयगत रुपमा आलोपालो गर्दै शिक्षण सिकाई सुचारु गरिरहेको शाहले जानकारी दिए । केहिदिन देखि देवी माविको बन्द कोठाहरुमा शिक्षक मात्र भेटिन्छन् । बन्द कोठाहरुमा शिक्षकहरुलाई समेत नयाँ सिकाई भइरहेको छ । शिक्षक नरेन्द्र बस्नेत सुनसान कोठामा एक्लै पढाउदै गरेको अवस्थामा भेटिए । कक्षा ९ को अंग्रेजी माध्यमका विधार्थीलाई गणित पढाउँदै गर्दा भेटिएका बस्नेतले भने, विधार्थीसँगै रहेर पढाए जस्तो हुन्न रैछ । तर, समयले बाध्य बनाएको छ । उनले यो समयमा पठनपाठन नै बन्द गर्नुभन्दा अनलाईन विधी पनि प्रभावकारी हुने बताए ।

देवीले अनलाईन कक्षाको लागि एउटा कोठा कन्ट्रोल रुमका लागि प्रयोग गरेको छ । कन्टा«ेल रुमकै सहयोगमा विधार्थी र शिक्षकहरु जुममा जोडिन्छन् । कन्ट्रोल रुमका सुरज प्रसाईले अनलाईन विधि प्रभावकारी हुने बताउँछन् । उनले विधार्थीबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताए ।

१० केन्द्रबाट पठनपाठन
गरामनीस्थित दुर्गा माविले १० वटा केन्द्र बनाएर पठनपाठन गर्न थालेको छ । गत हप्ताबाट केन्द्र निर्माण गरेर अभिभावककै निगरानीमा कक्षा सञ्चालन गरेको अंग्रेजी शिक्षक धर्मेन्द्र भट्टराईले जानकारी दिए ।

कक्षा १ देखि १० कक्षासम्म1का विधार्थीलाई केन्द्रहरु निर्माण गरेर हरेक दिन सिकाई सहजीकरण गरेको भट्टराईको भनाई छ । हरेक केन्द्रमा १ जना शिक्षकले २ घण्टा पढाउने व्यवस्था मिलाइएको छ । एउटा केन्द्र पढाइसक्ने वित्तिकै शिक्षक नजिकैको अर्को केन्द्र जानुपर्छ , भट्टराईले भने – विधालयमै उपस्थित नभए पनि विधार्थीले राम्रो गरी पढ्न पाइरहेका छन् ।
विधालयमा जस्तै विषयगत शिक्षकले आफ्नो विषय पढाउन पाउँदा विधालयकै अनुभूति हुने उनको भनाई छ । कोरोना महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभावका कारण नयाँ विधि अपनाएर पठनपाठन गरिदैछ । यसअघि दुर्गा माविले विधार्थीको घरघरमा गएर पढाउने व्यवस्था मिलाएको थियो । घरघरमा जानुभन्दा केन्द्र निर्माण गरेर पठनपाठन सञ्चालन गर्दा प्रभावकारी भएको बताइएको छ । नयाँ विधिमा शिक्षकले धेरै मेहनत गर्नुपर्ने र दौडधुप धेरै हुने गरेको छ ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]