जेष्ठ २, २०८२ बिहीबार

कोरोनाका कारण बिर्तामोडमा एक वृद्धको मृत्यू

बिर्तामोड । बिर्तामोड–५ का कोरोना संक्रमित ८२ वर्षीय बृद्धको मृत्यू भएको छ । उनको कोरोनाको कारण मृत्यू भएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए ।

उपचारका लागि उनलाई विराटनगरस्थित नोवेल लगिएको थियो । उनको नोवेलमै स्वाब परीक्षण गरिएको खड्काले जानकारी दिए । नोवेलमै परीक्षण भयो, त्यहि पुष्टि पनि भयो ।

सुगरको विरामी रहेका वृद्धलाई ज्वरो बढेपछि नोवेल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यू भएको हो । बिर्तामोडको इलाका प्रहरी कार्यालय पछाडि घर भएका वृद्धको शव ल्याइसकिएको छ ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]