अवैध कारोवारी विरुद्ध बिर्तामोड प्रहरीको एक्शन, पौने ४ लाखको सामान बरामद
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले अवैध सामग्री बरामद गरेको छ । करिव चार लाख मुल्य वराबरको अवैध सामग्री बरामद गरिएको डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
चाडपर्व नजिकैदै जाँदा डिएसपी रिजालले अवैध कारोवारी माथि एक्सन लिएका छन् । सोमवार डिएसपी रिजालको टोलीले कलको वासर, जुत्ता, कलको जिब्रि, जालि, काजु र रेडबुल बरामद गरेको छ । ३ लाख ७१ हजार ७ सय २० रुपैयाँको अवैध सामग्री बरामद गरी मेची भन्सार बुझाएको रिजालले जानकारी दिए । इप्रका अनारमनीले आफ्नो कार्यक्षेत्रमा कालोबजारीलाई कडाई रुपमा नियन्त्रण गर्न थालेको बताए ।