बैशाख २८, २०८२ आईतबार

बेड पनि भरिए : सम्पादकीय

दिनहुँ भीडभाड बढ्न थालेको छ । चाडवाड नजिकिदैं जाँदा किनमेलले बजारमा भीड बढायो । मानवीय भीडले जोखिम पनि बढाएको छ । प्रत्येक दिन कोरोनाको संक्रमण दर बढ्दै गइरहेको छ । बिहीवार मात्रै एकैदिन ४३ सय ६४ जनामा कोरोना पुष्टि भयो । संक्रमितको संख्या मात्रै १ लाख नजिक पुगिसकेको छ । त्यै पनि लापरबाही घटेको छैन । कोरोना सामु सतर्कता अपनाउनु बाहेक विकल्प छैन । तर, पछिल्लो समय व्यापक लापरबाही बढ्दै गएको छ । यदि कोरोना पुष्टि भएमा अब उपचारका लागि सहज छैन ।

सुनसरीस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बेड नै खाली नभएको सूचना जारी गरिसकेको छ । कोभिड अस्पतालमा संक्रमितले बेड भरिएको सूचनामा उल्लेख गरिएको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै अस्पतालका सबै बेड लक्षणसहितका बिरामीले भरिएको हुँदा अस्पतालमा अब उपचार सहज नहुने जनाएको छ । अस्पतालले बेड भरिएपछि सम्पर्क गरेर मात्र भर्ना हुन आग्रह गरेको छ ।

यस्तो अवस्था हाम्रो अगाडि आइसक्यो । अब कोरोना संक्रमित भए पनि घर मै बस्नुपर्ने बाध्यता छ । सरकारले व्यवस्थापन गरेका कोभिड अस्पताल भरिन थालिसके । संक्रमण बढ्दा पनि चासो नदिँदा थप जोखिम बढिरहेको छ । प्रायः कोभिड अस्पतालमा बेड भरिएका छन् । यदि संक्रमण पुष्टि भएमा अब कहाँ जाने ? कहाँ उपचार गर्ने ? यस्ता जटिलता नजिक आइसकेका छन् । यसैले जोखिम कम गर्न अत्यावश्यक छ । समन्वय नगरी धरान स्थित विपिमा गए आइसियू र भेन्टिलेटर तथा बेडको अभाव हुने निश्चित छ । अस्पतालले सम्पर्कका लागि कोर्डिनेटर डा. इन्द्र लिम्बूको फोन नम्बर दिएर अस्पताल जाँदा सम्पर्क गरेर मात्रै जान आग्रह गरिसकेको छ । इसतो अवस्थामा पनि मानव जाति को चेत खुलेको छैन ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]