जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अर्जुनधारा ११ मा रहेको बिर्तामोड नयाँ बसपार्कमा चाडवाडलाई लीक्षत गरी सहायता कक्ष स्थापना गरिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा स्थापना गरेको यात्रु सहायता कक्षको आइतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । चाडवाडमा हुन सक्ने संभावित दुर्घटना, लुटपाट लगायत अन्य जोखिमलाई मध्यनजर गरी बसपार्क क्षेत्रमा सहायता कक्ष स्थापना गरिएको बिर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार समस्यामा पर्ने सर्वसाधारण छिटोभन्दा छिटो सुरक्षाकर्मीको सम्पर्क पुग्न सहज होस् भन्ने उदेश्यले सहायता कक्ष स्थापना गरिएको हो ।

पूर्वी पहाडी क्षेत्रका लागि यातायातको मुख्य केन्द्र रहेको बिर्तामोड बसपार्कलाई सुरक्षित बनाउन यात्रु सहायता कक्ष निर्माण गरिएको डिएसपी रिजालको भनाई छ । कक्षमा सुरक्षा निकायका स्थानीय, जिल्ला, प्रदेश कार्यालयसम्मको सम्पर्क नम्बर उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]