जेष्ठ २, २०८२ बिहीबार

निजी शिक्षकलाई तलव देउ : सम्पादकीय

चाडवाड सबै परिवारमा भित्रिसक्यो । दशैंको किनमेल शुरु भइसक्यो । वर्षमा एक पटक आउने बडादशैं जो कोहिलाई हर्षोल्लासका साथ मनाउने मन छ । हिन्दुहरुको महान पर्व भएकाले दशैंको बग्लै उत्सव हुन्छ । विभिन्न क्षेत्रमा जागिर गर्नेहरु पनि पेश्की लिएर दशैंको किनमेलमा जुटिसके । राम्रै मुनाफा गर्ने सेवा मुलक क्षेत्रहरुमा बोनस नै दिने चलन छ । तलव मात्र पर्याप्त नहुने भएपछि वा पर्वलाई विशेष अवसरका रुपमा मनाउन बोनस समेत दिइने गरिएको छ । तर, निजी विधालयमा काम गर्ने निजी शिक्षक र कर्मचारीको बेहाल छ ।

हजारमा श्रम गरेर मालिकलाई करोडौं मुनाफा दिने निजी शिक्षक कर्मचारी अहिले तलव पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका छन् । दशैंले उनीहरुलाई पनि छोपिसक्यो । तर, उनीहरुले ६ महिनादेखिको तलव पाउन सकिरहेका छैन । झापामा निजी शिक्षक र कर्मचारी आवद्ध संघ संस्थाहरु निरन्तर आन्दोलनमा छन् । त्यै पनि उनीहरुको आन्दोलनको सुनुवाई भइसकेको छैन । दशैंको मुखमा तलव माग्दै आन्दोलन गर्नु मज्जाको विषय होइन । तर, उनीहरुलाई बाध्य पारिएको छ ।

निजी विधालयले विधार्थीबाट लिएको सबैं रकम नाफाका लागि होइन । शिक्षक कर्मचारीको तलवका लागि पनि हो । तर, कोरोना महामारीको बहाना देखाएर निजी शिक्षक कर्मचारी माथि अन्याय गरिदैछ । शिक्षक कर्मचारीको जीवन नै मालिकहरुको विधालयलाई दिएका छन् । मालिकहरुले उनीहरुलाई न्याय दिनैपर्छ । कुनै पनि बहाना पारेर उनीहरुको श्रम खान मिल्दैन । निजी विधालयको कमाई कोरोनाले नै प्रभावित पार्ने गरी पक्कै नहोला । यसैले शिक्षक कर्मचारीको तलव ढिलै भए पनि अब चाहिँ दिनैपर्छ । उनीहरु माथि कुनै पनि बहानामा अन्याय गर्न हुदैन ।

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]