कनकाईमा २२ वर्षीय युवाको शव फेला, ३ जना नियन्त्रणमा
कनकाईमा २२ वर्षीय युवाको शव फेला, ३ जना नियन्त्रणमा
कनकाई । झापा कनकाई नगरपालिका–३ एकान्त टोलमा २२ वर्षीय युवकको शव फेला परेको छ । अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा शव फेला परेको छ । घटनास्थल पुगेका प्रत्यक्षदर्शी सर्वसाधारणले ति युवकको हत्या भएको दावी गरेका छन् ।

सुरुङा खोला किनारको बाँस घारीमा भेटिएको शव कनकाई ३ का अभिषेक चौधरीको रहेको प्रहरीले जनाएको छ । आज विहान घास काट्न जानेहरुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । विहानै बिर्तामोडबाट प्रहरीको टोली पुगिसकेको छ । हत्याको संभावना भएकाले प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने र थप अनुसन्धान अघि बढाउने जनाएको छ । मंगलवार राती ९ बजे साथीहरुसँग हिडेका चौधरीको विहान शव भेटिएको थियो । प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा ३ जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ ।