जेष्ठ २, २०८२ बिहीबार

काेराेना परीक्षण र उपचार खर्च बीमा रकमबाट काटिने

काठमाण्डाै – सरकारले काेराेना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण तथा उपचार शुल्क बीमा रकमबाट कटाउने भएको छ ।

कोरोना प्रयोगशाला परीक्षण निर्देशिकाको पाँचौँ पटक संशाेधन गर्दै स्वास्थ्य मन्त्रालयले बीमा गरेका व्यक्तिको परीक्षण तथा उपचार शुल्क बीमा रकमबाट काटिने व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

निर्देशिकामा आर्थिक रुपले विपन्न, असहाय एकल महिला, ज्येष्ठ नागरिक, अति अपाङ्ग व्यक्ति, अग्रपङ्क्तिमा काम गरिरहेका व्यक्ति, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायत जोखिम क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई लक्षण वा चिह्न देखिएमा निःशुल्क परीक्षण गर्ने व्यवस्था छ । तर उनीहरुमा कोरोना पुष्टि भएमा परीक्षण तथा उपचार शुल्क यदि बीमा गरेको भए बीमा रकमबाट काट्ने व्यवस्था गरेको प्रवक्ता गौतमले बताउनुभयो ।

यस्तै मन्त्रालयले निदानात्मक प्रयोजनका लागि पीसीआर र एन्टिजेन्ट परीक्षण गर्ने र अनुसन्धान प्रयोजनका लागि सेरोलोजी विधिको परीक्षण गर्ने व्यवस्था गरेको छ ।एन्टिजेन्ट परीक्षण विभिन्न उपचारका लागि तुरुन्त रिपोर्ट चाहिएमा, स्क्रिनङ तथा समूहगत आवासमा रहेकाहरुका लागि प्रयोग गर्ने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]