झापामा जम्मा संक्रमित ११६७, डिस्चार्ज भए ९११ जना
बिर्तामोड । बुधबार झापाका ४१ जनासहित देशभर २ हजार ६३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कूल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
झापाको गौरादह १, भद्रपुर १४, मेचीनगर ७, बिर्तामोड ६, अर्जुनधारा ३,मेचीनगर ३, कनकाई ३ र दमकमा ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या ११ सय ६७ पुगेको छ । ९ सय ११ जना डिस्चार्ज भएका छन् । हालसम्म झापामा २८ हजार २ सय ६९ जनाको पीसीआर गरिएको छ ।
देशभर बुधबार २ हजार १७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । बुधबार देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ ।