जेष्ठ २, २०८२ बिहीबार

रेड जोनमा परेको बिर्तामोड चार दिनलाई बन्द

झापा । व्यापक संक्रमण फैलन थालेपछि बिर्तामोड नगरपालिकाले कात्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकाभित्र कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचारलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय भएको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रलाई सेवा प्रवाहमा ख्याल गर्न समेत नगरले निर्णय गरेको छ ।

बैठकले गरेको निर्णय

१) बिर्तामोड नगरपालिका र नगरपालिकाका सम्पूर्ण बडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा २०७७ साल कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द गरिएको छ ।
२) बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने नगद लिने तथा दिने सेवा बाहेकका अन्य सेवा बन्द गर्ने । बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुले प्रदान गर्ने सेवालाई सुरक्षित र व्यवस्थित गरी स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी प्रदान गर्ने व्यवस्था गर्ने ।
४) अत्यावश्यक सेवा बाहेक बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने ।
५) दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुन सक्ने भएकोले भिडभाड नहुने गरी आ–आप्mनो परिवार भित्रमा नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्ने नगराउने ।
६) विजयादशमीको अवसरमा नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने ।
७) विजयादशमीको अवसरमा टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई एकाघर भित्र सिमित राख्ने । टीका ग्रहण गर्दा जेष्ठ नागरिक, विरामी र बालबालिकाहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई विशेष ध्यान पु¥याउन आग्रह गर्ने ।
८) नगरवासीलाई बजारमा हुन सक्ने भिडभाडलाई व्यवस्थित गर्दे सबै व्यवसायी÷व्यापारी तथा नागरिकले नेपाल सरकारद्वारा तोकिएको यातायात तथा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गर्ने ।
९) नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन आदि कार्यहरु हाललाई स्थगन गर्नुका साथै राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान जस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने ।

मिति – २०७७।०६।३०
ध्रुबकुमार शिबाकोटी
नगरप्रमुख

प्रकाशित मिति : आश्विन ३०, २०७७ शुक्रबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]