झापामा आज ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३७६ पुग्यो
बिर्तामोड । झापामा आइतवार थप ४६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १३ सय ७६ जना पुगेको छ । आज संक्रमित भएकाहरु सबै स्थानीय हुन् ।
संक्रमित हुनेहरुमा भद्रपुर १७,बिर्तामोड ७, अर्जुनधारा २, बाह्रदशी १, दमक ६, कमल १, झापा १, गौरादह २ र मेचीनगरमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा संक्रमितमध्ये ९ सय ३९ जनाको डिस्चार्ज भइसकेको छ । १६ जनाको कोरोनाका कारण मृत्यू भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।