बिर्तामोडमा आइसोलेसन अस्पताल सुभारम्भ
बिर्तामोड । बिर्तामोडमा ५ बेडको आइसोलेसन अस्पताल सुभारम्भ भएको छ । अनारमनि स्वास्थ चौकीलाई स्तरोन्न्ती गरेर अस्पताल बनाउने तयारी भैरहेको समयमा कोभिडको संक्रमणबाट प्रभावित ब्यक्तीहरुलाई उपचार गर्ने उद्देस्यले अस्पताल सुभारम्भ गरिएको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले जानकारी दिनु भयो । सो अस्पतालको नगर प्रमुख शिवाकोटीले रिबन काटेर सुभारम्भ गर्नु भएको हो ।
