असार १७, २०८२ मंगलबार

डंगोल र लामाको ‘याद’ सार्वजनिक

झापा – गीतकार गौतम डंगोल “सन्देश” को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वरले सुसज्जित “याद” बोलको गीत सार्वजनिक भएको छ ।

“कहिले काहिँ उसलाई पनि मेरो याद आउँदो हो…” बोलको गीत मंगलवार गायक तथा संगीतकार हेम लामाको आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरीङ्ग हेम स्वयंले गरेका हुन् भने रेकर्डिङ्ग भक्तपुरस्थित हेम्स स्टुडियोमा गरिएको हो ।
चर्चामा नआए पनि गीतकार गौतम डंगोल तथा गायक तथा संगीतकार हेम लामा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरु हुन् । गायक तथा संगीतकार हेम लामाले स्वर दिएका एक दर्जन बढी, संगीत संयोजन गरेका २० भन्दाबढी तथा वाद्य संयोजन गरेका ३० भन्दा बढी गीत अडियो तथा भिडियोमार्फत सार्वजनिक भईसकेका छन् । विगत २ दशकदेखि संगीत विधामा संलग्न हेम गायनका अलावा संगीत श्रृजना, वाद्य संयोजन तथा रेकर्डिङ मिक्सिङमा पनि दक्खल राख्दछन् । उनी विशेषत नयाँ तथा फरक शैलीका संगीत श्रृजनामा अभिरूचि राख्दछन् ।

त्यसैगरी मुख्य पेशाका अलावा बचेखुसेका फुर्सदका क्षणलाई लेखन विधामा अर्पेका गीतकार गौतम डंगोलका अनलाईन् तथा प्रिन्ट मिडियामा गरी एक सय भन्दा बढी लेख रचनाहरू प्रकाशित छन् । नेवारी र नेपालीमा कलम चलाउने सन्देश आफ्नो लेखन शैलीलाई ल्याभिस राईटिङ्गको संज्ञा दिन्छन् । उनले आफुले लेखेका गीतहरू कम्पोज्ड, अरेन्ज्ड, भोकल्ड, भिजुयलाईज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरिएको आभास गर्छन् । हालसम्म उनका गीतहरूमा भिषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निरौला, भुगोल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, मनोहर सुनाम, किरण कँडेल, अनिल शाहि, अस्मिता परियार, स्वरूपराज आचार्य, राजकुमार बगर, भुपेन्द्र बज्राचार्य, मनराजा नकर्मीलगायतले कम्पोज, अरेन्ज तथा स्वर दिएका छन् । “याद“ शीर्षक दिईएको यो गीतलाई मोर्डन पप संगीतको क्याटेगोरीमा राख्न सकिन्छ । पेशाका हिसावले गीतकार सन्देश तथा गायकर संगीतकार लामा दुवै बैंकर हुन् ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]