बैशाख ३०, २०८२ मंगलबार

धान खेतमा भेटियो स्मार्ट लाइसेन्स

जनकपुर – यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ ।

जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान खेतमा सवारी चालक अनुमतिपत्र भेटिएको कार्यालय प्रमुख विपिन कर्णले स्विकारे ।

खेतमा धान काट्ने क्रममा मजदुरहरूले लाइसेन्स देखेपछि बटुलेर बुधबार अपरान्ह कार्यालयमा बुझाइदिएका थिए ।

कार्यालयको कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको कर्णले बताए ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]