बैशाख ३०, २०८२ मंगलबार

किन खोज्दैछ प्रहरीले र्यापर भिटेनलाई ?

काठमाडौं । र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ । भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।

उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

प्रकाशित मिति : कार्तिक १३, २०७७ बिहीबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]