बैशाख ३०, २०८२ मंगलबार

झापाको दमक र शिवसताक्षीमा दुई जना कोरोना संक्रमितको मृत्यू

विर्तामोड । विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । झापाको शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । मृतकमा दिर्घरोगको समस्या थिएन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।
यसैगरी , कोरोना संक्रमणबाट झापाको दमकमा आज विहान एक जना पुरुषको मृत्यु भएको छ ।
दमक ४ घर भएका ४२ बर्षीय बिश्वकर्मा थरका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेको आइसोलेसनमा बसेका उनी मिर्गौलाका विरामी समेत भएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ । दमकमा हालसम्म ४०९ जनामा संक्रमण देखिएकामध्ये आधा बढी उपचारपछि जाति भएको भट्टराईले बताए । उनका अनुसार संक्रमणबाट निको हुनेको संख्या २५४ छ भने सक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ३ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]